भारतको महाराष्ट्र राज्यस्थित राइगढ इलाकामा पाँच तले भवन भत्किँदा कम्तीमा १० जनाको मृत्यु भएको राष्ट्रिय विपद् व्यवस्थापन बल (एनडीआरएफ) ले मङ्गलबार (२५ अगष्ट) पुष्टि गरेको छ । स्थानीय प्रशासनका अनुसार उक्त घरको भग्नावशेषमा अन्य केही व्यक्ति फसेको आशङ्का गरिएको र उनीहरूको उद्धारका लागि विभिन्न समूहले घटनास्थलमा काम गरिरहेका छन् । राइगढको काजलपुरा क्षेत्रमा रहेको पाँचतल्ले…