उत्तर कोरियाली जेलबाट तीन अमेरिकी रिहा

उत्तर कोरियाको थुनामा रहेका तीनजना अमेरिकी नागरिक रिहा भएका छन् । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओको बुधबार भएको उत्तर कोरिया भ्रमणलगत्तै ती तीन अमेरिकी छुट्न सक्ने अनुमान गरिएको थियो । सोहीबमोजिम नै उनीहरु रिहा भएका हुन् । उत्तर कोरियाली सरकारले ती अमेरिकीलाई रिहा गर्ने तयारी गरेको थियो । कोरियाली अधिकारीहरूले अमेरिकी विदेशमन्त्रीको भ्रमणपछि छोड्ने जनाएका थिए…