जासुसी गरेकोमा अन्ततः माधुरीलाई जेल सजाय

भारतका विरुद्धमा पाकिस्तानलाई जासुसी गरेको अभियोगमा एक भारतीय कूटनीतिज्ञलाई तीन वर्षको जेल सजायँ सुनाइएको छ । भारतीय कूटनीतिज्ञ माधुरी गुप्ताले पाकिस्तानमा रहेर काम गर्दा आफ्नो देशका विरुद्धमा पाकिस्तानलाई नै गोप्य सूचना दिएको आरोप माधुरीमाथि लागेको थियो । ६१ वर्षीया माधुरीले पाकिस्तानस्थित भारतीय राजदूतावासमा रहेर काम गर्दा पाकिस्तानको गुप्तचर संस्था आइएसआइलाई सूचना दिएको आरोप लगाइएको थियो…