मिलिजुलीको तीज रमाईलोमा जेष्ठ महिला सम्मानित

मिलिजुली समूहले महिला जेष्ठ नागरिकहरूलाई सम्मानित गरेको छ । सिरहा जिल्लाको भलुवाही पदमपुर घर भइ काठमाडौंमा बस्दै आएका युवाहरूको समूह हो, मिलिजुली समूह । जसले सामाजिक क्षेत्रमा विशेष काम गर्दै आएको छ । काठमाडौंमा शनिबार आयोजित तीजको शुभकामना आदानप्रदान कार्यक्रमकी प्रमुख अतिथि अन्नपूर्णा शर्मा तथा अतिथि ऋषिकुमार ठाकुरले जेष्ठ महिलाहरूलाई दोसल्ला ओढाएर सम्मान गरिन् ।…