प्रथा ओमकार हिउँको आरनमाहिउँकै आगो सल्काएरआफ्नै विश्वासको लिहीमाथिउसले पिटिरह्यो- आगोजस्तै जब्बर धातु !र जमिनको पुरानो याक्साभित्रआफू सेलाउँदै गयोबरफको कुनै अन्तरधुज ढिक्काजस्तै !०००भन न ए भुसुनी खोला !किन सेलाउन सकेनन्यो कलिलो मनभित्रका तापहरू ?यही प्रश्नको जङ्गलमाएउटा सिङ्गो इतिहास हराएको छ !उसबेलादेखि नै,पीडाको काँचो लाभा ओकल्दैधर्तीमा फुटिरहेछ- अदृश्य ज्वालामुखी !०००उसको ज्ञानको तलाउमासयौँ खुकुरीहरूको गर्भाधान भयो !हजारौँ तरबारहरूजन्मिएर…