चारैतिर पानीले घेरिएको एसिया महादेशको दक्षिणपूर्वी क्षेत्रमा अवस्थित एक टापु सिङ्गापुर वास्तवमै अति सुन्दर विकसित राष्ट्र रहेछ । शहरको बीच भागमा मन्दिर, मस्जिद, गुम्बा, चर्चहरू देखिनुका साथै शान्तिसुरक्षाको व्यवस्था पनि अत्यन्त उत्तम रहेको पाइयो । हामीले सुनेअनुसार त्यहाँ सडकमा पैसा, गहना खसेको देखे पनि कसैले पनि लुसुक्क टिपेर गोजीमा राख्दा रहेनछन् र धूम्रपान र मद्यपान…