पूर्वप्रधानमन्त्री चन्दको उपन्यास ‘अपराजिता’ लोकार्पण

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दद्वारा लिखित उपन्यास ‘अपराजिता’को लोकार्पण गरिएको छ । सुदूरपश्चिम क्षेत्रको सामाजिक परिवेश तथा सशस्त्र द्वन्द्वका समयमा त्यहाँका जनताले भोग्नुपरेको समस्यालाई उजागर गरी लेखिएको उक्त उपन्यासको शुक्रबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकार्पण गरेकी हुन् । लोकार्पणपछि पूर्वराष्ट्रपति भण्डारीले ८० वर्ष नाघेका चन्दले उपन्यास लेखेर दर्शाएको सक्रियताबाट नयाँ पुस्ताले पाठ सिक्नुपर्ने धारणा राखिन् । ‘८० वर्ष…