तस्बिर : रासस प्राचीन शहर बनेपा, जहाँ छोराभन्दा बढी छोरीलाई महत्व दिइन्छ । काभ्रेपलाञ्चोकको यस शहरमा ‘छोरालाई काखा, छोरीलाई पाखा’ भन्ने उखानलाई मिथ्या बनाइदिएको छ । एक सय २१ वर्षअघि सुरु भएको ‘कन्यापूजा’को परम्पराले यहाँ एउटा सुन्दर सन्देश दिएको छ, ‘छोराछोरी’ बराबरी । बनेपामा प्रत्येक वर्ष कृष्ण जन्माष्टमीका दिन कन्यापूजा गरिन्छ । विसं १९५९ देखि…