एमसीसी सम्झौता संसदबाट पारित

प्रनिनिधिसभाबाट एमसीसी सम्झौता पारित भएको छ । सम्झौतालाई सभामुख अग्नि सापकोटाले ध्वनी मतका साथ पास भएको घोषणा गरेका हुन् । यसका साथै व्याख्यात्मक प्रस्ताव अनुमोदन भएको उनले घोषणा गरे । आइतबारको प्रतिनिधिसभाको दोस्रो बैठकमा व्याख्यात्मक घोषणामाथिको छलफल सकिएसँगै एमसीसी पारित भएको हो ।