मुलुकमा उत्पन्न विभिन्न घटना-परिघटनामा केही व्यक्तिहरू जहिलेसुकै एउटै कित्तामा देखिनुलाई रहश्यपूर्ण मान्न थालिएको छ । संविधान निर्माणको कालखण्ड र त्यसयताका अनेकौँ घटनामा विभिन्न फरक पहिचानमा देखिने केही व्यक्तिहरू समान धारणासहित सार्वजनिक रूपमा प्रस्तुत हुने गरेकोले त्यसलाई रहश्यपूर्ण मानिएको हो । धर्मनिरपेक्षता, सङ्घीयता, गणतन्त्र, जातियतामा आधारित राज्य र समानुपातिक एवम् समावेशी अवधारणामा मात्र ती व्यक्ति एक…