चन्द्रागिरीस्थित विष्णुदेवी माध्यामिक विद्यालयको पुनर्निर्माण सुरु काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित श्री विष्णुदेवी माध्यामिक विद्यालयको पुनःनिर्माणका लागि शिलान्यास गरिएको छ । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले भारतीय राजदूतावासको पुनर्निर्माण तथा विकास सहकार्य प्रभागका प्रमुख डा. प्रफुल्लचन्द्र शर्मा र चन्द्रागिरी नगरपालिकाका मेयरको उपस्थितिमा भूमिपूजन (शिलान्यास) गरेका हुन् । शिक्षाको क्षेत्रमा भारत सरकारले प्रदान गरेको पुनर्निर्माण…