चितवनस्थित भरतपुर अस्पतालमा उपचाररत एक जना कोभिड–१९ बाट पीडित व्यक्तिको मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नं. १३ का ६५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । सो अस्पतालले जारी गरेको सूचनामा विगत ६ दिनदेखि कोभिड–१९ सङ्क्रमण भइ अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचाररत ती पुरुषको बिहिबार मृत्यु भएको हो ।…