प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको शर्त मञ्जुर गर्दै प्रचण्ड सहमतिमा आएपछि नेकपाभित्र केही महिनायता उत्पन्न तनाव सिथिल भइ एकता बहाल भएको अनुभूति त्यस पार्टीका नेता तथा कार्यकर्ताहरूले गर्न थालेका छन् । कतिपयले यसलाई प्रचण्डद्वारा केपीसमक्ष आत्मसमर्पण गरिएको घटनाका रूपमा ब्याख्या गरेका छन् भने कतिले चाहिँ प्रचण्डले ‘बुद्धि पुऱ्याएको’ टिप्पणी पनि गरेका छन् ।…