धार्मिक स्वतन्त्रताका लागि लोकतान्त्रिक गठबन्धनलाई जिताउनुहोस् : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक स्वतन्त्रताका लागि पनि अहिलेको प्रतिनधिसभा र प्रदेशसभा निर्वाचनमा लोकतान्त्रिक गठवन्धनलाई जिताउनुको विकल्प नरहेको बताएका छन् । सदरमुकाम फिदिममा १६ औँ राष्ट्रिय विभूति महागुरू फाल्गुनन्दको आज १३३ औंँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस सभापति समेत रहेका देउवाले मुलकमा प्रजातन्त्र, लोकतन्त्रको नेतृत्वदायी भूमिका काङ्ग्रेसले गरेको र अब प्रजातन्त्र लोकतन्त्रलाई बचाउनका…