दिक्तेल गोलीकाण्ड : शरीरभरि गोलीका डोव बोकेर हिँड्न विवश छन् दिपनारायण र दिपेन्द्र

दमन राई, खोटाङ १३ जेठ २०५८ मा लाउडा विमान खरिद प्रकरणमा भ्रष्टाचार भएको दाबी गर्दै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको राजीनामा मागेर एमाले र जनमोर्चाका नेता तथा कार्यकर्ताले दिक्तेलमा मसाल जुलुस निकाले । जुलुसमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(६ नेर्पाका दिपनारायण रिजाल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्माका दिपेन्द्र राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका विद्यामनी तामाङ र…