लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले तत्कालीन मधेस आन्दोलनका क्रममा सरकारसँग भएका विभिन्न सम्झौताहरु पालना नभएको गुनासो गरेका छन् । जनसङ्ख्याको आधारमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उनको माग छ । लोसपा नेपाल जिल्ला कार्यसमिति सर्लाहीद्वारा सदरमुकाम मलङ्गवामा आइतबार (१३ जेठ) आयोजित सदस्यता वितरण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले संविधान र कानुनलाई…