राष्ट्रिय जनमुक्ति पार्टीले भ्रष्टाचारलाई देशद्रोहसरहको अपराध घोषणा गरी भ्रष्टाचारीलाई कठोर दण्ड–सजायको व्यवस्था गर्नुपर्ने माग गरेको छ । भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियान सञ्चालन गर्ने राष्ट्रिय संकल्पसहित सुरु गरेको अभियानको एक सय दिन पूरा भएको अवसरमा पत्रकार सम्मेलन गर्दै उक्त पार्टीले यस्तो माग गरेको हो । त्यस्तै, पार्टीले भ्रष्टाचारसम्बन्धी मुद्दाको छिटो–छरितो ढंगले टुंगो लगाउने सम्पूर्ण अधिकारसहित स्वायत्त प्रकृतिको…