‘बजेटले महङ्गी नियन्त्रण गर्न सकेन’

नेपाल मजदूर किसान पार्टीबाट विजयी भएका सङ्घीय सांसद तथा प्रदेशसभा सदस्यले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटले महङ्गी नियन्त्रण गर्न नसकेको बताएका छन् । आव २०७६/७७ को बजेटबारे गरिएको अन्तक्र्रियामा नेमकिपाका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले कर्मचारीको तलब वृद्धि गर्नुभन्दा सरकारले महङ्गी नियन्त्रण गर्ने गरी बजेट ल्याएको भए जनताले राहत पाउने बताए…