नेपाल विद्युत प्राधिकरणले विद्युतको पहुँच बढाउन, गुणस्तरीय र विश्वसनिय विद्युत् आपूर्तिका लागि मुलुकभर अभियानकै रुपमा निर्माण गरिरहेको सबस्टेसनहरुको काम धमाधम सकिन थालेको छ । प्राधिकरणले तीन सबस्टेसनको निर्माण सम्पन्न गरी सोमबारबाट संचालनमा ल्याएको छ । सप्तरीको बोदेबर्साईन र गोरखाको पालुङटारमा निर्माण भएका ३३/११ केभी सबस्टेसनको परीक्षण गरी संचालन (चार्ज)मा ल्याइएको हो । सप्तरीको दक्षिण–पश्चिम र…