खतरनाक नागरिक कर्तव्य

सिंगापुर भ्रमणमा रहेका बेला नेपालीको एउटा समूह कार्यक्रम स्थलसम्म पुग्न ट्याक्सी चढेछ । तीन दिनसम्म एकै ठाउँ जानुपर्ने रहेछ, प्रत्येक दिन ट्याक्सी चढ्दा उत्ति नै पैसा उठेछ । हामीकहाँ ट्याक्सीपिच्छे फरक–फरक पैसा उठ्ने देखिरहेका र भोगिरहेका उनीहरूमध्ये बलबहादुर केसी (हाल जिल्ला न्यायाधीश)ले टयाक्सीवालालाई सोधेछन्, ‘तिमीहरूकोमा त सबै ट्याक्सीमा उस्तै पैसा उठ्दोरहेछ, कसरी यस्तो भयो ?’…