एक हप्ता लामो आमहडताल समाप्तिको घोषणासँगै नेकपा माओवादीका अध्यक्ष प्रचण्डले राजधानी सहरवासी र विभिन्न पेसाकर्मी तथा व्यवसायीहरूप्रति भयङ्कर आक्रोश पोख्नुभएको छ । आमहडतालका बेला 'सहरवासी'ले सहयोग नगरेको र पेशागत व्यवसायीहरूले माओवादीलाई साथ नदिएको भन्दै उहाँले यसबीचमा कसले के भन्यो र के लेख्यो आफूले हिसाब-किताब राखेर बसेको पनि बताउनुभयो । राजधानीका विभिन्न स्थानमा स्थानीयवासीद्वारा भएका प्रतिकारका…