के अब संविधान निर्माणको मार्ग प्रशस्त भएकै हो त - जेठ १४ मध्यराति संविधानसभाको म्याद एक वर्ष थप्ने निर्णय तीन दलको बैठकले गरेपछि कैयनको अनुहारमा चमक देखापर्यो । सत्ताका समर्थकहरूले संविधान 'अबचाहिँ बन्ने’ दाबी गर्न थालेका छन् । यसरी म्याद बढाउनुको सामान्य अर्थ ६ दशकपछि बल्लतल्ल प्राप्त भएको संविधानसभालाई उद्देश्य हासिल नभई अन्त्य हुन नदिनु…