दुईतिहाइ बहुमतको सरकारले कर्मचारी र प्रशासनका क्षेत्रमा मनोमानी गर्ने गरेका समाचारहरू प्राप्त भइरहेका बेला पछिल्लो समयमा परराष्ट्र मन्त्रालयमा नियम–कानूनको हुर्मत लिन थालेको समाचार छ । परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले आफ्ना मान्छेप्रति विशेष कृपा दर्शाउने प्रवृत्तिका कारण यहाँ पछिल्लो समयमा नियम कानूनको खिल्ली उडाउने काम भएको हो । परराष्ट्र सेवाका कर्मचारीको सबैभन्दा ठूलो आकर्षण भनेको…