पाएनन् प्रधानमन्त्रीले विश्वासको मत

प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका छन् । आफ्नो डेढवर्षे कार्यकालमा पाँचौंपटक विश्वासको मत मागेका प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि प्रधानमन्त्री पदमुक्त भएका हुन् । प्रधानमन्त्री प्रचण्डको पक्षमा प्रतिनिधिसभाका सांसदहरुमध्ये जम्मा ६३ मत रह्यो भने प्रस्तावको विपक्षमा १९३ मत परेको थियो । नेमकिपाका एक जना सदस्य तटस्थ रहे । प्रतिनिधिसभाको आजको बैठकमा २५८ जना सांसद उपस्थित थिए…