२२ बुँदे माग पूरा गराउन सरकारमाथि राप्रपाको दबाब, देशभर प्रदर्शन

राप्रपाले भ्रष्टाचार नियन्त्रणसहितका २२बुँदे माग राखेर देशभर प्रदर्शन गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितको टोली १ असारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको २२बुँदे ज्ञापनपत्र सम्बोधनको माग राखेर शुक्रबार देशभर प्रदर्शन गरेको हो । सो पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार शुक्रबार देशभरि नै सानाठूला प्रदर्शनसहित ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालयमा घेराउ र धर्ना दिइएको छ ।…