राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजलगत्तै मन्त्रिपरिषद विस्तारको तयारी

सत्ता गठबन्धनका साझेदार जसपा अध्यक्ष उपेन्द्र यादवको आग्रहबमोजिम राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरिएसँगै सरकार बनेको ७८ दिनपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी तीव्र तुल्याएका छन् । आफैंले ल्याएको अध्यादेश खारेज गर्दा नैतिक रूपमा प्रश्न उठ्ने भन्दै कांग्रेस र माओवादीले अध्यादेश हालका लागि कायम राख्ने प्रयत्न गरे पनि उपेन्द्र यादवले अध्यादेश खारेज नगरेसम्म सरकारमा सहभागिता…