गण्डकी प्रदेश ‘ख’बाट नेपाली काङ्ग्रेसको उम्मेद्वार रहेका बिन्दुकुमार थापालाई असहयोग गरेको आरोपमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात ब्यवस्था मन्त्री कुमार खड्कालाई बर्खास्त गरिएको छ । यसअघि यस्तै आरोपमा गण्डकी प्रदेशकै उर्जा जलश्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यलाई मन्त्री पदबाट बर्खास्त गरिएको थियो । अहिले यी दुवैै मन्त्रालय मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले सम्हालेका छन्…