मुस्ताङबाट २९ वर्षीय युवाको पहिलो संसद् यात्रा

प्रतिनिधिसभाको निर्वाचनमा मुस्ताङ क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका योगेश गौचन थकाली विजयी भएका छन् । राजनीतिक पाइला चालेको पहिलो पटकमै संसद् बन्न सफल योगेश सम्भवत: प्रतिनिधिसभाकै कान्छो सदस्य हुन् । वि.सं. २०५० वैशाख २७ गते जन्मिएका योगेशले नेपालमा पछिल्लो समय राजनीतिप्रति युवाको चासो बढिरहेका बेला सांसद बन्न सफल भएका हुन् । मुस्ताङको थासाङ गाउँपालिका…