कुनै हालतमा प्रतिनिधिसभा पुनःस्थापना नहुने प्रधानमन्त्रीको दाबी

अदालतमा विचाराधीन मामलामा विवादास्पद बयानवाजी जारी रहेकै बीच प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभा कुनै पनि हालतमा पुनःस्थापना हुन नसक्ने अभिव्यक्ति दोहोर्‍याएका छन् । राष्ट्रियसभा बैठकमा उठेका तथा समसामयिक विषयमा आज वक्तव्य दिँदै उनले संविधानको व्यवस्थानुसार सरकारको सिफारिशमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भएको स्पष्ट पार्दै भने- 'यो राजनीतिक प्रश्न हो, यो आवश्यकताको सिद्धान्तअनुसार गरिएको हो ।'…