राष्ट्रिय हितका दृष्टिले बिर्सनै नहुने विश्वको कूटनीतिक र रणनीतिक इतिहासका केही दृष्टान्त

■ केशवप्रसाद भट्टराई १. प्रशा– फ्रान्स युद्ध, फ्रान्सको पराजय र जर्मनीको एकीकरण १.१. निरन्तरको आन्तरिक राजनीतिक असन्तोष, विरोध र विद्रोहबाट आजित भएर स्पेनकी महारानी इसावेला द्वितीयले राजगद्दी त्यागेकीले स्पेनको राजगद्दी रिक्त थियो । निकटको रक्त सम्बन्धको आधारमा युरोपमा एउटा देशको राजकुमारलाई अर्को देशको राजा बनाउने अभ्यास रहेकोले प्रशा (जर्मनी)को सम्राट विलियमका नातेदार होहेनजोलेन वंशका राजकुमार…