नेपाली कांग्रेसको सभापतिमा थापा ‘निर्विरोध’ निर्वाचित

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ । काठमाडौंमा भएको विशेष महाधिवेशन पक्षधरको दोस्रो विशेष महाधिवेशनबाट गएराति पार्टी सभापति पदमा थापा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो । यसबारे जानकारी दिँदै कांग्रेस विशेष महाधिवेशन केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले भनेका छन्, 'सभापति पदमा थापाको मात्रै उम्मेदवारी भएकाले उहाँ निर्विरोध निर्वाचित…