रात रहे अग्राख पलाउँछ भन्ने नेपाली उखान छ । यस उखानले प्रधानमन्त्री शेरबहादुर देउवालाई झस्काएको अनुभूति गरिएको छ । अर्थात्, प्रधानमन्त्री नियुक्त भएको महिना दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार लगभग पच्चीस दिनको समय-सुविधा रहे पनि प्रधानमन्त्री देउवाले आजबाट शुरु हुन लागेको सङ्घीय संसद्को अधिवेशनसँगै आज नै विश्वासको मत लिने भएका छन् । ढिलो गर्दा…