मन्त्रिपरिषद् बिस्तार : चार मन्त्रीको शपथ

नवनियुक्त चार मन्त्रीहरुले शुक्रबार (२६ मङ्सिर) पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमारसिंह इङ्नाम, श्रम, रोजगार तथा तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी, वन तथा वातावरणमन्त्री माधव चौलागाईं र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठलाई शपथ गराएका हुन् ।…