अध्यादेशप्रति असहमति जनाउँदै सभापति देउवाद्वारा ‘तत्काल फिर्ता लिन’ आग्रह

सरकारले संवैधानिक परिषद् र राजनीतिक दलसम्बन्धी दुई अध्यादेश जारी गरेकामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असहमति प्रकट गर्नुभएको छ । सोमबार (८ वैशाख) साँझ एक वक्तव्य जारी गरी सभापति देउवाले दुवै अध्यादेशप्रति कांग्रेसको गम्भीर असहमति रहेको जानकारी गराउनुभएको हो । वर्तमान परिवेशमा अध्यादेश असान्दर्भिक भएको टिप्पणी गर्दै उहाँले सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर नभएको…