नेपाल कम्युनिस्ट पार्टीको एकीकरण प्रक्रिया अवरुद्ध भएपछि उक्त पार्टीभित्र अनेक टीका–टिप्पणी शुरु भएका छन् । खासगरी एमाले कित्ताले एकतालाई बोझका रूपमा लिन थालेका पाइएको छ । उनीहरूले भन्न थालेका छन्, ‘बरु अलग–अलग नै रहेर सरकार गठन गर्न सकेको भए राम्रो हुन सक्थ्यो ।’ एमाले कित्ताका एकथरीले केपी ओलीको प्रधानमन्त्री पद सुरक्षित तुल्याउन मात्र पार्टी एकीकरण…