राप्रपाको स्वाभिमान यात्राको समापन १ चैतमा भृकुटीमण्डपमा

१५ फागुनदेखि शुरु भएको राप्रपाको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा चैत १ गते काठमाडौंको भृकुटीमण्डपमा समापन हुने भएको छ । फागुन १५ गते बुधबार ताप्लेजुङको पाथीभरा मन्दिरमा पूजा–अर्चना गरी सदरमुकाम फुङलिङबाट शुरु भएको सो स्वाभिमान यात्रा चैत १ गते शुक्रबार अपराह्न १२ः१५ बजे काठमाडौंस्थित भृकुटीमण्डपमा कलश यात्रा र विशाल आमसभासहित समापन हुने राप्रपा प्रचार विभाग प्रमुख…