अन्ततः फेरि थपियो नेविसङ्घको म्याद

नेपाल विद्यार्थी संघद्वारा प्रस्तुत विधान नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले परिमार्जन सहित स्वीकृत गरेको छ । शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको बैठकले भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको विधान स्वीकृत गरेसँगै सङ्घको केन्द्रीय कार्यसमितिको समयावधि दुई महीना थप भएको छ । नेविसङ्घको विधानअनुसार वर्तमान केन्द्रीय समितिको कार्यकाल आज (०७५ मंसिर २)सम्म थियो ।…