संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको कुरा पत्याउने हो भने आगामी पुस मसान्तसम्ममा तीनवटै तहमा कर्मचारी समायोजन भइसक्नेछ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पण्डितले भने, ‘कर्मचारी समायोजनासम्बन्धी अध्यादेश मन्त्रिपरिषदमा छलफल भएर परामर्शका लागि लोकसेवा आयोगमा पठाइएको छ, त्यो अध्यादेश पारित भएर ऐनका रूपमा आएपछि तीनवटै तहमा देखिएको कर्मचारीसम्बन्धी समस्या समाधान हुनेछ ।’…