केपी ओली सरकार गठन भएको ९ महिना पुगिसक्दासमेत देशमा सरकार छ कि छैन भनेर प्रश्न गर्नुपर्ने अवस्था आएको निष्कर्ष कांग्रेस केन्द्रीय समितिको बैठकले निकालेको छ । बैठकका निर्णय सार्वजनिक गर्न पार्टी कार्यालय सानेपामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ‘मंसिर ३ गते ओली सरकार गठन भएको ९ महिना पुगेको छ । ९ महिना…