नेकपाका प्रवक्ताको राजीनामा अस्वीकृत ?

वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले नेकपाको प्रवक्ताबाट राजीनामा दिएको एक महिना बितिसक्दा पनि उक्त पार्टीले राजीनामा स्वीकृत नगरेको विषयलाई लिएर विभिन्न टीका–टिप्पणी शुरु भएका छन् । पार्टी एकीकरण हुनुपूर्व माओवादीमा प्रचण्डपछिको वरीयतामा रहेका श्रेष्ठ सही लागेको बोल्ने र अडान लिन सक्ने राष्ट्रवादी नेताका रूपमा चिनिन्छन् । एकीकरणपछि उनलाई पार्टीको महासचिव या सोहीस्तरको अन्य कुनै जिम्मेवारी मिल्न…