सरकारसँग वार्ताको गुन्जायस नरहेको नेकपाको प्रष्टोक्ति

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारसँँग वार्ताको सम्भावना नरहेको जनाएका छन् । आज मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले वर्तमान सरकार ‘वामको खोल ओढेको सामाजिक फासिवादी सरकार’ भएको आरोप लगाएका छन् भने सरकारले गरेको वार्ताको आह्वानलाई उनले ‘मिठाइ लेपन गरिएको विषको चक्की’ को संज्ञा दिएका छन् । पार्टी पोलिटब्युरो सदस्य उमा भुजेल…