सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत हासिल गरेका छन् । प्रदेशसभाको बिहीबार (१५ साउन)को बैठकले विश्वासको मतका लागि पेस गरिएको प्रस्तावलाई मत विभाजनको प्रक्रियाद्वारा निर्णयार्थ पेस गरिँदा मुख्यमन्त्री शाहको प्रस्तावको पक्षमा बहुमत प्राप्त भएको हो । सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्रीले पेस गरेको प्रस्तावको पक्षमा ३० मत परेको र यो सङ्ख्या प्रदेशसभामा तत्काल कायम…