बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले चार मन्त्रीलाई पदमुक्त गरेका छन् । मुख्यमन्त्री लामाले आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनलाई पदमुक्त गरेका हुन् । मुख्यमन्त्री लामाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई पत्राचार गर्दै नेपालको संविधान २०७२ को धारा १६९…