बारा–पर्साबाट जाली नोटको कारोबार

सुरक्षा निकाय चुस्त रहँदा सुस्ताएको ठानिएको भारतीय जाली नोटको कारोबार बारा–पर्सामा पुनः व्यापक मात्रामा हुन थालेको बुझिएको छ । जाली नोटका कारोबारीले भरियामार्फत बारा र पर्सासँग जोडिएको बिहार (भारत)को नाकाबाट नक्कली भारतीय रुपैयाँको कारोबार गरिरहेका स्रोतको दाबी छ । जाली नोट पाकिस्तान, बंगलादेशबाट हवाईमार्ग हुँदै नेपाल भित्र्याइने र काठमाडौंबाट बारा र पर्साको नाकाबाट भारत छिराइने…