गुल्मी–१ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित प्रदीप ज्ञवालीले मुलुकलाई स्थिरता र समृद्धि दिन राष्ट्रिय राजनीतिमा केन्द्रित भएर गुल्मी जिल्लालाई सुखी र समृद्ध बनाउने आफ्नो जिम्मेवारी र दायित्व रहेको बताउनुभएको छ । नेकपा(एमाले) सचिव ज्ञवालीले अबको समय जिल्लाका महत्वपूर्ण पूर्वाधारलाई सम्पन्न गर्दै कृषिको आधुनीकीकरण, पर्यटन विकास, युवा स्वरोजगारका कार्यक्रमसँगै जिल्लालाई नमूना बनाउनका निम्ति घोषणा गरिएका कार्यक्रमको थालनीसँगै…