नर्फकने गरी अघि बढे वैद्य, संसदीय दलको नेतृत्व बादलले गर्नुहुने

प्रचण्ड-बाबुरामले राष्ट्रघाती मार्ग अवलम्बन गरेको भन्दै नेकपा माओवादीको मोहन वैद्य पक्षले चैत १५ गतेपछि प्रधानमन्त्री बाबुराम भट्टराई र अध्यक्ष प्रचण्डविरुद्ध भण्डाफोर अभियान सुरु गर्ने भएको छ । बाबुराम भट्टराई राष्ट्रघाती-जनघाती भएको र प्रचण्ड अविश्वसनीय एवम् अवसरवादी भएको ठहर गर्दै वैद्य पक्ष 'अब सँगै जान नसकिने' निष्कर्षमा पुगेको छ । त्यसैले चैत पन्ध्र गतेपछि प्रचण्ड-बाबुरामविरुद्ध भित्तेलेखन,…