असोज २ गते प्रदेश नं २ मा अगामी हुने स्थानीय तह निर्वाचन धाँधलीरहित बनाउनका लागि सप्तरीमा मात्रै करिब छ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एवं प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार निर्वाचन अवधिभर जिल्लाभरिमा चार हजारभन्दा बढी जनपथ प्रहरी परिचालन गरिएको बताइएको छ । त्यस्तै दुई हजारभन्दा बढी सशस्त्र प्रहरी…