एन्ट्यागका भ्रष्टलाई सूचना आयोगको पुर्जी

काठमाडौँ । नेपाली प्राविधिक सहयोग समूह (एन्ट्याग) का कार्यकारी निर्देशक दीपक थापा र बोर्ड सदस्यहरु मोहन पन्थी र सागर सिंजापतिले कार्यालयमा सूचना माग्न पुगेका पत्रकारमाथि अभद्र व्यवहार गरी सूचना नदिएपछि उक्त विवाद राष्ट्रिय सूचना आयोग पुगेको छ । एन्ट्याग पदाधिकारीले बालबालिकाको पोषणसम्बन्धी लगायतका कार्यमा व्यापक आर्थिक अनियमितता गरेको सूचना पाएपछि यथार्थता बुझ्न पुगेका पत्रकार बालकृष्ण…