नेकपा–माओवादीले देशका ‘भ्रष्टाचारी’ र ‘विदेशी दलाल’हरूको नाम सङ्कलन गरी सार्वजनिक गर्ने तयारी गरेको छ । सम्बद्ध सूत्रबाट प्राप्त जानकारीअनुसार राष्ट्रियस्तरमा देखापरेका ‘भ्रष्ट र दलाल’हरूको नाम सङ्कलन गर्ने कार्य उक्त पार्टीले गरिरहेको छ । यसपछि दुई सय चालीस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दलका तर्फबाट उम्मेदवार बन्नेहरूमध्ये पनि ‘भ्रष्ट र दलाल’हरूको पहिचान गरी नाम सार्वजनिक गरिने बताइएको…