नेपालका सक्षमविक्रम शाह र सुनिरा थापाले एशियन यु–१४ ऱ्याङ्किङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–१ को एकल विधामास्वर्ण जितेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको छात्र फाइनल खेलमा सक्षमले भारतका सिद्धार्थ जिबुलाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे । नेपालका दर्शिल श्रेष्ठ र आयुशमान घले तेस्रो भए । नेपाल टेनिस सङ्घद्वारा आयोजित प्रतियोगिताको छात्रतर्फको फाइनलमा सुनिराले…