इबीए कप बास्केटबलमा ४८ टीम

इडेन ब्रिज एकेडेमी (इबीए) को आयोजनामा दोश्रो इबीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा जुनियर ब्वाइजमा ३२ र सिनियर गर्ल्समा १६ गरी ४८ टिमको सहभागिता रहने इबीएका संस्थापक प्रिन्सिपल प्रेमकुमार राईले पत्रकार सम्मेलनमा जानकारी गराए । ब्वाइजलाई ८ तथा गल्र्सलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।…