तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ सीओएएस पाकिस्तान ओपन इन्टरनेसनल जी वान तेक्वान्दो च्याम्पियनसिपमा उत्कृष्ट निर्णायक घोषित भएका छन् । पाकिस्तानको इस्लामावादमा भएको प्रतियोगितामा नेपालबाट ६ सहित करिब ५० निर्णायकको सहभागिता रहेको थियो । चार वटा एरिनामा खेल खेलाइएकोमा समग्रमा श्रेष्ठ उत्कृष्ट निर्णायक घोषित भएका हुन् । नेपालबाट प्रतियोगितामा श्रेष्ठसहित अशोक खड्का, मीन न्यौपाने, रविन्द्र मल्ल,…